Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बहुजातीय सङ्ग्रहालयको बजेट फ्रिज

हाम्रो कोशी आवाज
असार १२ २०७८, शनिबार
धरानको बहुजातीय सङ्ग्रहालयको बजेट फ्रिज

धरानः धरानस्थित बहुजातीय सङ्ग्रहालयको ५५ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । स्व. मेयर तारा सुब्बा छुट्टिएको ३० लाख र त्यसपछि छुट्टिएको २५ लाख रुपैयाँ बजेट फ्रिज भएको हो ।
रकम खर्चिने विषयमा विवाद बढेको र कुनै पक्षले दर्बिलो तरिकाले उपस्थिति नजनाएपछि बजेट फ्रिज भएको हो । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका कारण बजेट फ्रिज भएको धरान उपमहानगरपालिकाका आदिवासी जनजाति विकास समितिका संयोजक नरेशकुमार इवारमले आरोप लगाए । ‘खासमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिले बजेटबारे चासो दिएको थियो तर उपमहानगरको बजेट उपमहानगरले नै खर्च गर्नुपर्ने प्रावधान थियो, त्यही भएर पनि बजेट फ्रिज भयो ।’
उनले नगरले पनि बजेट खर्च गर्नेबारे चासो दिएको तर जिल्लाले आफूहरुले खर्च गर्न पाउनुपर्ने भन्दै आएपछि विवाद भएको समेत बताए । सिद्धान्ततः नयाँ संविधानको व्यवस्थाअनुसार स्थानीय तहको बजेट जिल्लाले खर्चिन पाउँदैन । ‘संविधानमै उल्लेख छ कि उपमहानगरको बजेट उपमहानगरले नै खर्चिने भनेर, त्यही भएर समस्या भयो ।’
यसपटक अर्थात् आव २०७८-९७९ मा बहुजातीय सङ्ग्रहालयकै लागि भनेर फेरि थप २५ लाख रुपैयाँ बजेट छुट्टिएको उनले जानकारी दिए ।
त्यहाँ आदिवासी जनजाति भनेर सूचीकृत राई, लिम्बू ,नेवार, मगर, शेर्पा, थारु, सतार, धिमाल, मगर, राजवंशीलगायतका १९ जातजातिको संस्कार संस्कृति रहनसहन र वेशभूषालगायत एकै स्थानमा संग्रहित गरेर भावी पुस्तालाई अध्ययनका लागि महत्वपूर्ण थलोका रुपमा विकास गर्ने पवित्र उद्देश्य छ ।
नेपाल आदिवासी जनजाति महासंघले नेपालमा नै पहिलोपटक पूर्वी नेपालको सुनसरी जिल्लाको धरान-१४ स्थित विजयपुरमा बनाएको हो । काम कछुवाकै गतिमा भएपनि अघि बढिरहेको छ ।
स्थानीय आदिवासी जनजातिसमेतको सहकार्यमा एक बिगाहा क्षेत्रमा १९ आदिवासी जनजातिले प्रयोग गर्दै आएको धर्म, संस्कार, संंस्कृति, भेषभूषा हातहतियार, भाडावर्तन, खानपानका वस्तु आदिलाई सजाएर राख्ने भनिएको छ । त्यहाँ पूर्वी नेपालमा बसोवास रहेका १९ आदिवासी जनजातिका जीवन्त संस्कृति झल्कने १९ वटा घर निर्माण गरिने भनिएको छ ।

प्रकाशित मिति: असार १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend