धरानः धरानमा ७५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
बराहक्षेत्र–१२ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ २७ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ६ गते नै अस्पताल भर्ना भएका थिइन् ।
शनिबार १२ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।