धरानः धरानमा ३६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
रामधुनी–७ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ४ गते नै अस्पताल भर्ना भएका थिए ।
शनिबार ९ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनीमा दीर्घरोगसम्बन्धी कुनै समस्या थिएन ।