Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ की ३९ र ६३ वर्षीया संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असार १६ २०७८, बुधबार
धरान-१५ की ३९ र ६३ वर्षीया संक्रमित महिलाको मृत्यु

धरानः धरानमा ३९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–१५ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ११ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचापसम्बन्धी दीर्घरोग रहेको थियो । मंगलबार ९ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरान–१५ कै ६३ वर्षीया संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार जेठ ३० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ६ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनीमा उच्च रक्तचापसम्बन्धी दीर्घरोग रहेको थियो । बुधबार २ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend