सोलुखुम्बु: गुरुयोजना सम्पन्न भएसँगै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकास्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणले तीव्रता पाउने भएको छ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको बृहत्तर विकासको निम्ति ऐतिहासिक तथा मनोरम ठाउँ सुकेपोखरी क्षेत्रलाई तल्लो सोलुकै एउटा महत्वपुर्ण आन्तरिक तथा बाहिरी पर्यटनको केन्द्र बनाउने उदेश्य अनुरुप शुरु गरिएको सुकेपोखरी पर्यटन गुरुयोजना सम्पन्न भएको छ।
.jpg)
अध्यक्ष राईले त्यसका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिएका छन्। यो कार्यक्रम थुलुङ दुधकोशी गाउँपालिकाको प्रस्तावमा सँस्कृती , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पालिकाको करिब ५ करोड लागत साझेदारीमा निर्माण हुनेछ।
यो क्षेत्रको निर्माणसंगै आन्तरिक एवं बाह्य पर्यटनको केन्द्र बन्नुका साथै ‘गोल्डेन ट्याङ्ग’ पर्यटन मार्गसंग जोडिएर मुख्य आकर्षणको केन्द्र बन्ने गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए। उनका अनुसार यसको निर्माण दुई आर्थिक वर्षमा सम्पन्न हुनेछ।
.jpg)
“थुलुङ दुधकोशी गाउँपालिकाको बृहत्तर विकासको निम्ति ऐतिहासिक तथा मनोरम ठाउँ सुकेपोखरी क्षेत्रलाई तल्लो सोलुकै एउटा महत्वपुर्ण आन्तरिक तथा बाहिरी पर्यटनको केन्द्र बनाउने उदेश्य अनुरुप शुरु गरिएको सुकेपोखरी पर्यटन गुरु योजना सम्पन्न भएको छ।” उनले थप भने, “यही सन्दर्भमा ईच्छुक निर्माण व्यवसायीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी गराउँछु । यो कार्यक्रम थुलुङ दुधकोशी गाउँपालिकाको प्रस्तावमा सँस्कृती , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पालिकाको करिब ५ करोड लागत साझेदारीमा निर्माण हुने छ। हामीलाई विश्वास छ, समृध्दि हाम्रै पालामा संभव छ।”
.jpg)
सुकेपोखरी पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई करोड ८० लाख रुपैयाँ विनियोजन भइसकेको छ। जसमा पालिकाको तर्फबाट ४० प्रतिशत सहयोग हिस्स रहनेछ।
.jpg)
यस परियोजनाको लागि त्रिभुवन विश्वविद्यालयका भुगर्वविदहरुको टोलीले स्थलगत अध्ययनको रिपोर्ट, बृहत प्राविधिक अध्ययन एवं समग्रस्थितिको अध्ययन गरेर ‘डिपिआर’ तयार भईसकेको छ।