Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा असार २२ गतेदेखि कोरोना खोप लगाइने

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
धरानमा असार २२ गतेदेखि कोरोना खोप लगाइने

धरानः धरानमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । असार २२, २३, २७ र २८ गते खोप लगाइने भएको छ ।
६०–६४ वर्ष उमेर समूहकालाई दोस्रो डोज लगाउन लागिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । यो कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज हो । यसपटक २३ सय ८० जनालाई यस्तो खोप लगाउन लागिएको उनले बताए ।
धरानको धरान छाताचोकस्थित स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र धरान–१७ र सहरी स्वास्थ्य केन्द्र धरान–१५ मा खोप लगाइने भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend