धरानः धरानमा ७९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–१८ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १६ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।
शनिबार १०ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरान–८ का ८४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १७ गते नै अस्पताल भर्ना भएका थिए । उनमा पनि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।
शनिबार ११ः४० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।




