धरानः धरान वडा नं. ५ स्थित रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ ।
सोमबार धरान उपमहानगरपालिका परिसरमा सघय सरकारको सशर्त अनुदानअन्र्तगत कृषि समूहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प्रदान गरिएको हो । सो सामग्री मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गरेका थिए ।
मेयर राईले कृषि पेशाप्रति आकर्षण बढ्दै गएको बताउँदै स्प्रे ट्याङ्की र एग्रोनेटको सही ढङ्गबाट सदुपयोग गर्न आग्रह गरे । मेयर राईले सो सामग्री एकलौटी नभई समूह अर्थात छरछिमेकमा बाँडेर चलाउन पनि सुझाव दिए ।
धरान उपमहानगरका कृषि शाखा अधिकृत नगेन्द्र तामाङले सङ्घीय सरकारको सशर्त अनुदानअन्र्तगत कृषि शाखामा ९ लाख रुपैयाँ बजेट आएको जानकारी दिएका छन् । सोही बजेटअन्र्तगत धरान–५ मा रहेको खैरेनी कृषि समूहलाई १ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको अधिकृत तामाङले बताए । अन्नबालीमा लाग्ने रोग र कीरा मार्न प्रयोग गरिने जैविक विषादी छर्न स्प्रे ट्याङ्की र किसानहरुले लगाएको तरकारी खेतीका लागि एग्रोनेटले ठूलो मद्दत गर्ने अधिकृत तामाङको भनाई छ । खैरेनी कृषि समूहमा ४८ जना छन् ।