Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दोस्रो डोज लगाउन पाउँदा…

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
धरानमा दोस्रो डोज लगाउन पाउँदा…

धरानः धरान उपमहानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ ।
असार २२ र २३ गते भेरोसेल खोपको दोस्रो मात्राको खोप लगाउने भनेपछि धरानमा खोप लगाउन उत्साहित भएको देखियो । गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको खोप लगाइएको हो ।
मङ्गलबार र बुधबार (२२ र २३ गते) दुई दिन भेरोसेलको दोस्रो मात्रा लगाइएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
धरानको छाताचोकस्थित स्वास्थ्य चौकी, धरान–१५ स्थित श्यामचोक सेवा समाजको भवन र धरान–१८ स्थित कार्मेल हाइस्कुलमा खोप केन्द्र रहेका छन् ।
तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन धराने भेला भएका थिए । गत जेठ २५, २६ र २७ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्राको खोप लगाइएको हो ।
गत जेठ अन्तिम साता सञ्चालन गरिएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई भेरोसेलको पहिलो मात्रा लगाइएको थियो । यसपटक २ हजार १ सय ४४ जनाले भेरोसेल खोपको मात्रा लगाउनेछन् ।
यसपटक भने ज्येष्ठ नागरिकहरुलाई सहज बनाउनका लागि अलग्गै लाइनको व्यवस्था गरिएको थियो । ज्येष्ठ नागरिक २ जना बराबर मात्र अर्को लक्षित समूहका एक जनालाई खोप लगाउने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend