Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साउन १ गतेदेखि विदेशबाट ल्याइएका मोबाइल पिटिक्कै नचल्ने

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
साउन १ गतेदेखि विदेशबाट ल्याइएका मोबाइल पिटिक्कै नचल्ने

धरानः आगामी साउन १ गतेबाट विदेशबाट ल्याइएका मोबाइल फोन नेपालमा नचल्ने भएका छन् । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमइआई) नम्बर दर्ता नभएका मोबाइल फोन नेपालमा नचल्ने भएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ ।
अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता अनिवार्य गरेको प्रवक्ता सन्तोष पौडेलले बताए । ‘हाल सञ्चालनमा भएका मोबाइल फोनको आईएमईआई नम्बर दर्ता गर्नुपर्दैन । सञ्चालनमा रहेका मोबाइलमा कुनै समस्या आउने छैन,’ पौडेलले भने, ‘साउन १ गतेदेखि प्रयोग हुने नयाँ मोबाइलमा भने आईएमईआई अनिवार्य गरिएको छ ।’
प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ ।
प्राधिकरणका सहायक प्रवक्ता मिश्र कसैलाई पनि सञ्चारविहीन बनाउने आफूहरूको उद्देश्य नरहेको बताउँछन् । प्राधिकरणको प्रणालीले ‘डिटेक्ट’ गरिसकेको मोबाइल फोन असार महिनापछि पनि चल्ने उनी बताउँछन् । उनका अनुसार नयाँ आउने मोबाइल फोनको हकमा भने दर्ता भएपछि मात्रै चल्नेछ ।
प्राधिकरणका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्नो वेबसाइटमा (nta.gov.np) मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सक्छन् । वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट *#06# थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ ।
नेपालमा २०६६ साल देखिनै आयात गरिएका फोनहरूको टाइप अप्रुभल (बजार बिक्री गर्नका लागि उपकरण योग्य छ छैन भन्ने विवरण) आयातकर्ताहरूले गराउँदै आएका छन् ।
मिश्रका अनुसार नेपालमा विद्युतीय उपकरणको लाइफ (उपभोग गरिने औसत समय) ३-४ वर्ष निकालिएको छ । जसको अर्थ टाइप अप्रुभल भइसकेको भए पनि प्रयोगकर्ताको मोबाइल फोन सेट परिवर्तन भइसकेको हुनसक्ने हुँदा र प्राधिकरणको मुख्य उद्देश्य आएमइआइ नम्बर लिने भएकाले पुराना फोन प्रयोग गर्ने सबैले फोन दर्ता गर्न जरुरी हुने प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend