विराटनगरः लायन्स क्लब डिष्ट्रिक ५५ ए वानजोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ ।
लायन्स क्लबले विराटनगरस्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्री चेकजाँच, बालिका स्कुलमा २ सयवटा वृक्षारोपण, मानवसेवा आश्रममै २० हजार बराबरको मास्क र सेनिटाइजर वितरण तथा ४ लाख मूल्य बराबरको चामल प्रदान गरेको छ ।
यस्तै क्लबले रक्तदानकार्यक्रम, वेट चेकअप क्याम्प तथा ब्लड प्रेसर जाँच जस्ता कार्यक्रम गरेको लायन्स क्लब डिष्ट्रिक ५५ ए वानजोन ३६ का जोन चियर पर्सन घनश्याम पोखरेलले जानकारी दिए ।
डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि ७ तारिखलाई सर्भिस विक घोषणा गरेका थिए । सोही घोषणाअनुसार लायन्स क्लब डिष्ट्रिक ५५ ए वानजोन ३६ ले ७ वटा कार्यक्रम गर्नुपर्ने थियो । तर, सो अवधिमा आफूहरुले ९ वटा कार्यक्रम गरेको जोन चियरपर्सन पोखरेलले जानकारी दिए ।