धरानः धरानमा ५७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान-५ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २३ गते नै अस्पताल भर्ना भएका थिइन् ।
बुधबार ४ः० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी थिइन् । उनमा मुटु रोगको समस्या थियो ।