Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका दुईजना संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असार २५ २०७८, शुक्रबार
धरानका दुईजना संक्रमितको मृत्यु

धरानः धरानमा दुईजना संक्रमितको मृत्यु भएको छ ।
धरानमा ६७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–८ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १४ गते नै अस्पताल भर्ना भएका थिइन् ।
शुक्रबार २ः२० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनमा मुटुरोगसम्बन्धी समस्या थियो ।
यस्तै, धरान–११ सुनसरीका ९१ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
गत असार २२ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २४ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।
शुक्रबार १ः१८ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: असार २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend