धरानः धरानमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान-११ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २५ गते नै अस्पताल भर्ना भएका थिइन् ।
सोमबार १०ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनमा मुटुरोगसम्बन्धी समस्या थियो ।








