Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यसवर्ष पनि ‘बोलबम’ रोकियो

हाम्रो कोशी आवाज
असार २९ २०७८, मंगलबार
धरानमा यसवर्ष पनि ‘बोलबम’ रोकियो

धरानः कोरोना महामारीका कारण धरानको विजयपुरस्थित पिण्डेश्वर बाबाधाममा यसवर्ष बोलबम धार्मिक मेला नलाग्ने भएको छ । २०३९ साल साउनदेखि नियमितरुपमा लाग्दै आएको मेला यस वर्ष पनि रोकिएको हो ।
अघिल्लो वर्ष पनि कोरोनाकै कारण मेला स्थगित भएको थियो । मठमन्दिरमा बोलबम भक्तजनको भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले पिण्डेश्वर बाबाधाम बन्द गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।
‘कोरोना महामारीपछि सरकारले मठमन्दिर खोलेकै छैन’, उनले भने, यसपटक मन्दिर बन्द गर्ने अवस्थामा पुगेका छौं ।’
धरानमा रहेको पिण्डेश्वर बाबाधाममा साउन महिनाभरी जल चढाउने भक्तजनहरुले गर्दा पुरै सहर गेरु बस्त्रधाधारीले भरिएको हुन्थ्यो । साउन महिनालाई भोग–विलासबाट मुक्त भएर आध्यत्मिक चिन्तन गर्ने महिनाको रुपमा लिइन्छ । यतिबेला पूजा आराधना गरिन्छ, सात्विक खानेकुरा मात्र खाने गरिन्छ, व्रत–उपवास बसिन्छ । मन्दिर धाउने बोलबम जाने परम्परा पनि छ, तर यसपटक पनि सम्भव भएन । २०३८ सालबाटै मन्दिरमा सप्तकोसीबाट जल ल्याएर चढाउन सुरुवात गरिएको हो ।
अघिल्लो वर्ष रोकिएपनि फाट्टफुट्ट बोलबम देखिएका थिए । मन्दिरमा सप्तकोशी नदीमा पुगेर फर्किएका बोलबमसमेत भेटिएका थिए । अघिल्लो मन्दिरको ढोका नखुलेपनि बाहिरैबाट चियाउँदै, ढोग्दै र फर्किने गरेका थिए ।
पिडेश्वरको शिवलिंगमा गेरुबस्त्रधारी तिर्थयात्रीले खाली खुट्टा हिँडेर सप्तकोसी नदीबाट जल ल्याएर चढाउने प्रचलन छ । पिण्डेश्वर बाबा धाममा प्रत्येक साउने सोमबारको दिन गेरु वस्त्र धारी तीर्थयात्री शिव लिंगमा जल चढाउनुका साथै पिण्डेश्वर बाबाको दर्शन गर्न आउने गर्दछन् ।
पिण्डेश्वर बाबा धाममा अधिकांश महिलाको उपस्थित हुनेगर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गर्दछन् ।
सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्ष पूरा हुने धार्मिक विश्वास रहेको छ । धरानमा बोलबम भित्रिँदा चहलपहल, व्यापार व्यवसायमा वृद्धि मात्रै हुँदैन थियो धार्मिक पर्यटनमा टेवा पुग्ने गरेको थियो ।

प्रकाशित मिति: असार २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend