Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानबाट प्रम देउवालाई पत्र

हाम्रो कोशी आवाज
असार ३० २०७८, बुधबार
धरानको बीपी प्रतिष्ठानबाट प्रम देउवालाई पत्र

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
प्रतिष्ठानमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारैजना पदाधिकारीलाई हटाउनुपर्ने, अनियमितता, भ्रष्टाचार, बेथिति र छानविनबाट दोषी देखिए कारवाहीको माग राख्दै संघर्ष समितिले देउवालाई पत्र पठाएको हो ।
बिपी प्रतिष्ठानमा एक महिनादेखि चिकित्सक र विद्यार्थी आन्दोलनरत् छन् । चिठीमा आन्दोलनरत् समूहसँग ४८ घन्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटी गठन गर्नुपर्ने माग गरिएको छ ।
प्रधानमन्त्रीले ४८ घन्टाभित्र माग पूरा नगरे शुक्रबारदेखि हरेकदिन बिहान ८–१० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार, पूर्वनिर्धारित परीक्षा रोक्ने चेतावनी संघर्ष समितिले दिएको छ ।
पत्रमा असार १५ गते वार्ताको क्रममा उपकुलपति मदिरा पिएर आएको भन्ने घटनाबारे निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । यस्तै, दोषी देखिएमा कारवाही गर्ने, प्राध्यापक भए, नभएको सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ ।

प्रकाशित मिति: असार ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend