Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा दुईघण्टा सेवा ठप्प

हाम्रो कोशी आवाज
साउन १ २०७८, शुक्रबार
धरानको बीपी प्रतिष्ठानमा दुईघण्टा सेवा ठप्प

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईघण्टा आकस्मिकबाहेकका सेवा ठप्प भएको छ ।
शुक्रबार ८ देखि १० बजेसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प पारिएको थियो । प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलन गरिरहेका चिकित्सक, कर्मचारीले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेको प्रतिष्ठान शुद्धिकरण अभियानका संयोजक डा. विष्णु पोखरेलले जानकारी दिए ।
करिब महिनादेखिअघिदेखि आन्दोलनमा होमिएका उनीहरुले आफ्ना जायक मागलाई सम्बोधन गर्न सरकारले चासो नराखेको हुनाले सेवा ठप्प पारिएको उनको भनाइ छ ।
उनले सरकारले चासो नखिए आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी समेत दिए । प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक नियुक्ति हुन नहुने, भ्रष्ट्राचार र आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने, प्रतिष्ठानका वर्तमान पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्नेलगायतका माग राख्दै उनीहरु आन्दोलित छन् ।

प्रकाशित मिति: साउन १ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend