Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एउटै बङ्गुर ३५० केजी !

हाम्रो कोशी आवाज
साउन २ २०७८, शनिबार
धरानमा एउटै बङ्गुर ३५० केजी !

धरानः धरानको ठिङ्गाबारीमा कृषि र पशुपालनमा रमाउने बढेका छन् ।
बङ्गुरपालन, कुखुरापालन र तरकारीलगायतका खेतीपातीमा युवापुस्ता रमाउन थालेका छन् । हाल सो ठाउँमा १२ वटा फर्म रहेको छ । ‘१२ वटा फर्म रहेका छन्’, स्थानीय रामबहादुर लिम्बूले भने, ‘त्योमध्ये मेरो पनि एउटा हो ।’ उनले न्यू होप एग्रिकल्चर फार्म अर्थात् नयाँ आशा कृषि फर्म दर्ता गरेर बङ्गुर, कुखुरापालन, माछापालन, तरकारी अनि ड्रागन फलखेती, धान खेती थालेका छन् ।
कसरी आयो ‘कन्सेप्ट’ ?
सञ्चालक लिम्बू दम्पत्ति वल्र्ड पीस फाउण्डेसनसँग पनि आवद्ध थिए । उनले यही क्रममा १० वटाभन्दा बढी देश घुमे । त्यो देश घुम्दा कृषिमै सफलता पाएको देखे । त्यही देखेर यस पेशालाई अङ्गालेको लिम्बूले बताए ।
विगतमा घरेलु तवरबाट ५–७ बटा बङ्गुर पाल्दै आएका थिए । तर उनीहरुलाई त्यतिले चित्त बुझेन । खासमा उनी अघिल्लो वर्ष कोरोनाका कारण घरमै कोचिएर बसे, त्यतिबेला फलिफाप केही भएन । तर यसपटकको निषेधाज्ञामा उनी कमाउन सक्ने भए ।
राम र सीता लिम्बू दम्पत्तिले सो फर्म चलाएका हुन् । फर्म सीताको नाममा दर्ता रहेको छ । २ कठ्ठा जग्गा लिजमा लिएर १२ लाख रुपैयाँको लगानीबाट शुरु गरिएको फर्ममा ५० वटा बङ्गुरपालन शुरु गरेका छन् । अहिले फर्म लाखौंको बनेको छ ।
‘कृषिमा रुचि पहिलेदेखिकै हो’, उनले थपे, ‘जब विदेश घुमें, त्यहाँ घुम्दा कृषिमै प्रगति भएको देखें, कृषिमै सम्भव देखें, त्यसपछि कृषिकर्ममै लागौं भनेर लागिपरें ।’
यो परिवारले हालै अर्को फर्म पनि किनेको छ । दुई फर्मलाई मिलाएर भविष्यमा नमूना फर्म बनाउने उनीहरुको योजना छ । करिब एक बिगाहा जमिनमा सञ्चालित फर्ममा माछापालन, बङ्गुरपालन, तरकारी, कुखुरा पाल्न थालेका छन् ।
उनले नेपाली र राजनीतिशास्त्रमा डिग्री पास गरेका छन भने कानुनमा एलएलबी पास गरेका छन् । ‘डिग्री पास गरेर जागिरै खानुपर्छ भन्ने नेपाली युवाहरुको मान्यता रहेको छ’, उनले भने, ‘युवाहरु धेरैजसो राहदानी बनाएर विदेश जान्छन् तर गर्न सके यहीं स्रोत र अवसर छ । व्यावसायिक बन्न सके विदेश जानै पर्दैन त न जागिर खोजेर कतै भौंतारिनुपर्छ, हामी विदेशकै भर परेर मात्रै हुँदैन । के डिग्री पढेकालेचाहिँ गोठालो बन्नुहुँदैन र ?’
एउटै बङ्गुर ३ सय ५० केजीको
लिम्बूले पालेको एउटै बङ्गर ३५० केजीसम्मको पनि रहेको छ । जसको अहिलेको बजार मूल्यअनुसार १ लाख २६ हजार हुन आउँछ । उनले पालेको त्यो बङ्गुर अहिले दुईवर्ष क्रम भइसकेको छ । घुम्न आउनेले यत्रो त बङ्गुर देखेकै छैन भन्दा आफैमा गर्व लाग्ने गरेको जानकारी दिए । ‘अहिले फर्ममा भ्रमण गर्न दिनहुँजसो मानिसहरुको आवतजावत बढ्दो छ’, उनले भने, ‘३ सय ५० केजीको बङ्गुर भन्दै आश्चार्य मान्छन्, तस्वीर खिचेर जान्छन् ।’ तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन २ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend