धरानः धरान-१७ स्थित असारे वस्तीमा रहेका ९५ जना महिला र पुरुषको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
लायन्स, लियो क्लब अफ धरान विजयपुर र लायन्स क्लब अफ धरान गौतम बुद्धको संयुक्त आयोजनामा यस्तो कार्यक्रम आयोजना गरिएको लायन टंककुमारी गुरुङले जानकारी दिइन् ।
९५ जनालाई अल्ट्रा साउन्डमार्फत् पथरिया, किड्नी, मुटु, प्रोस्टेड तथा अन्य विभिन्न जाँच गरिएको थियो । कान्तिपुर हस्पिटल काठमाडौंका रेडियोलोजिष्ट डा. विश्व डंगोलले उनीहरुको स्वास्थ्य जाँच गरेका थिए । आफ्नो आमा सुजाता श्रेष्ठ आवद्ध रहेको संस्था लायन्स क्लबको व्यवस्थापनमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा दोस्रो भिडिजी लायन नरनाथ सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि डिस्ट्रिक ट्रेजरर लायन कोमल शाक्य, अतिथि मिना पुलामी, गौरीशंकर अग्रवाल, धिरज गुरुङ, रेखा गुरुङ, बलराम मानन्धर, चित्रकुमारी राई, टंककुमारी गुरुङ, सुजाता श्रेष्ठ, कविता लिम्बू, कविरभगत प्रधानाङ्ग, मानभगत चाम्लिङ, आभा सुवाल, धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई, वडा सदस्य सुवास बर्देवालगायतको उपस्थिति थियो ।