धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-११ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २५ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।
आइतबार १ः२५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरानकै ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान-४ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २८ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २८ गते नै अस्पताल भर्ना भएका थिइन् ।
शनिबार ७ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।
यस्तै, धरान-१५ का अर्का संक्रमित पुरुषको पनि मृत्यु भएको जनाइएको छ ।
किरात राई यायोक्खा धरान उपमहानगर समितिका उपाध्यक्ष सन्तकुमार राईको निधन भएको हो । उनको विजयपुर हस्पिटलमा निधन भएको अस्पतालका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए । उनको फोक्सोमा संक्रमण भएपछि उपचाररत थिए । तीन दिनयता आइसियुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए ।



