Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोलिदेखि १० हजारलाई चाइनिज र अमेरिकन खोप लगाइने

हाम्रो कोशी आवाज
साउन १० २०७८, आइतबार
धरानमा भोलिदेखि १० हजारलाई चाइनिज र अमेरिकन खोप लगाइने

धरानः धरानमा कोरोना विरुद्धको भेरो सेल खोप र जोन सन खोप लगाइने भएको छ । ५५ वर्ष वा सो भन्दा माथिकाको लागि भोलि (सोमबार) देखि चाइनिज भेरोसेल खोप लगाइने भएको हो ।
उपमहानगरपालिकामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा धरानका ७ स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार धरान स्वास्थ्य चौकी छाताचौकमा वडा नं. १, २, ३, १०, १२, र १६ का नागरिक र वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले भिसा र पासपोर्टको आधारमा सक्नेछ भने पाँचकन्या स्वास्थ्य चौकी ठिङ्गाबारीमा वडा नं. ४, ५ र ६ का नागरिकहरुले लगाउन सक्नेछ ।
विष्णुपादुका स्वास्थ्य चौकीमा वडा नं. २०, धरान ८ स्थित सभागृहमा वडा नं. ७, ८ र ९ का नागरिक तथा सार्वजनिक यातायातका चालक, सहचालक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र शिक्षाका कर्मचारीहरुले लगाउनेछ ।
वडा नं. १३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा वडा नं. ४, १३ र १४ नागरिकहरुका साथै खोप लगाउन छुटेका सञ्चारकर्मी तथा पत्रकारहरुलाई पनि सोही केन्द्रमा खोप लगाइनेछ । पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा वडा नं. ६ र १५ का नागरिकहरुलाई लगाइने छ भने कार्मेल हाईस्कुलमा वडा नं. ११, १७, १८ र १९ का नागरिकहरुलाई लगाइने मेहताले बताए । उनले कोरोनाविरुद्धको भेरोसेल खोप साउन ११, १२ र १३ गतेसम्म लगाइने जानकारी दिए । प्रत्येक खोपकेन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाईने छ । धरानमा भेरोसेल खोप ५ हजार आएको छ ।
यस्तै, अमेरिकन जोनसन खोप धरानमा साउन १४ र १५ गते दुइदिन लगाईने पनि स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको जोनसन खोप लगाइने जानकारी दिए । साथै, जोन सन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइने छ । धरानका लागि जोनसन खोप ५ हजार आउने उनले बताए । माथि तोकिएकै खोप केन्द्रमा जोन सन खोप लगाइनेछ ।

प्रकाशित मिति: साउन १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend