Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘रुचाइएको स्कुटी’ सार्वजनिक

हाम्रो कोशी आवाज
साउन १७ २०७८, आइतबार
धरानमा ‘रुचाइएको स्कुटी’ सार्वजनिक

धरानः धरानमा मध्यम वर्ग र व्यवसायीले अत्याधिक रुचाइएको स्कुटी सार्वजनिक गरिएको छ ।
बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर धरानमा सार्वजनिक गरिएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको थियो ।
धरानका लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसले बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्कुटर सार्वजनिक गरेको हो । ‘यो बहुप्रतिक्षित स्कुटी हो’, अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले भने, ‘यो भारती बजारमा टप ३ मा रहन सफल स्कुटीमध्येको एक हो । नेपालमा पनि धेरै मध्यम वर्ग व्यवसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ ।’

उनका अनुसार स्कुटरमा अगाडि ग्याँस सिलिन्डर अटाउने, फराकिलो सिट, आरामदायी यात्रा, अगाडिको भागमा स्टिलको कभर, मर्मत खर्च पनि अरुभन्दा कमलगायतको विशेषता रहेको छ ।
स्कुटरमा फोर स्ट्रोक सिङ्गल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग, नयाँ परिमार्जित, बिएस ६ प्रविधि जडित, एफआई प्रविधि जडिट रहेको हुँदा उत्कृष्ट माइलेज समेत रहेको उनले जानकारी दिए ।
दुई भल्वयुक्त इन्जिन प्रयोग भएको स्कुटरमा इन्जिनले ६७५० आरपएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्ने गर्छ भने एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल पनि भर्न सकिने उनले जानकारी दिए ।
सुजुकी स्टार्ट सिष्टम प्रयोग गरिएको र किस स्टार्ट दुवै व्यवस्था रहेको स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ । मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको स्कुटरमा दुवै चक्कामा अलोय ह्वील प्रयोग गरिएको छ । सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध स्कुटीको बजार मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: साउन १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend