धरानः धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोनाविरुद्धको अमेरिकन जोनसन खोप आइपुगेको छ ।
भोलिदेखि यो खोप लगाई धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । साउन १४, १५ र १६ गते तीन दिनसम्म कोरोनाविरुद्धको खोप जोनसन लगाइने भनिएपनि आइनपुगेकोले धरानेले लगाउन पाएका थिएनन् ।
खोप जिल्ला स्वास्थ्य कार्यालयमा आइनपुगेको कारण खोप कार्यक्रम स्थगित गरिएको र भोलिदेखि ९२०, २१ र २२ गते० यो खोप लगाउन थालिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार जोनसन खोप धरानमा ५ हजार लगाउने पाउनेछ । ५ हजार जनालाई यस्तो खोप लगाइने उपमहानगरपालिकाले जनाएको छ ।
५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, विदेश जान ठीक्क परेका नागरिक, अति अपाङ्ग र पूर्ण अपाङ्गता भएका नागरिक साथै छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीले यो खोप लगाउन पाउनेछन् । यसअघि नै धरानको खोप केन्द्रअन्र्तगत रहेका सबै वडामा आलोपालो गरेर कोरोनाविरुद्धको खोप लगाइने निर्णय भइसकेको छ । कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । यसैबीच प्रमुख मेहताले चाइनिज खोप लगाउन छुटेकालाई पनि भेरोसिल खोप लगाइने जानकारी दिए । ‘३ हजार जनालाई पुग्ने खोप स्टोकमै छ, त्यही भएर छुटेकालाई २०, २१ र २२ गते सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा खोप लगाइनेछ ।’ उनले थपे, ‘त्यसमा उद्योगी, व्यवसायी र होटल, व्यवसायी, मानवअधिकारकर्मी, वित्तीय संस्था, केवल नेटवर्कलगायतलाई खोप लगाइनेछ ।’ तस्वीरः लक्ष्मण थापा
