Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सङ्क्रमण बढिरहेको छ, जोगिऔं, खोप लगाउन नभुलौंः मेयर

हाम्रो कोशी आवाज
साउन १९ २०७८, मंगलबार
धरानमा सङ्क्रमण बढिरहेको छ, जोगिऔं, खोप लगाउन नभुलौंः मेयर

धरानः धरान उपमहानगरका मेयर तिलक राईले कोरोनाविरुद्धको खोप लगाउन नगरबासीहरुमा अपिल गरेका छन् ।
मेयर राईले मङ्गलबार एक सन्देश जारी गर्दै साउन २०, २१ र २२ गते धरानका वडाहरुमा तोकिएको खोपकेन्द्रमा जोनसन एण्ड जोनसन खोप लगाउन अपिल गरेका हुन् ।
जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरु र अन्य लक्षित समूहलाई लगाउन अनुरोध गरेका छन् ।
‘कोरोना संक्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा संघीय सरकारको निर्देशन बमोजिम उपलब्ध गराएको कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्दै सहजिकरणका लागि यही साउन २० देखि २२ गतेसम्म तोकिएको वडाहरुको खोपकेन्द्रमा जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरु र अन्य लक्षित समूह (वैदेशिक रोजगारमा जाने, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरु) लाई खोप लगाउन हुन अनुरोध गर्दछु ।’ सन्देशमा भनिएको छ ।
यस्तै, मेयर राईले धरान वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा साउन २० र २१ गते उद्योग व्यवसायीहरुलाई भेरोसेल खोप लगाउन अनुरोध गरेका छन् । उद्योग वाणिज्य संघमै २२ र २३ गते ५५ वर्ष उमेर माथिका र अन्य लक्षित समुहलाई भेरोसेल खोप लगाउन आग्रह गरेका छन् ।
यस्तै, साउन २० र २१ गते वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा कोरोना विरुद्धको भेरोसेल खोप उद्योग व्यवसायीहरुलाई लगाइने छ । खोप केन्द्रमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र अन्य लक्षित समूह (मानव अधिकारकर्मी, विमा, लघुवित्त, आएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लायन्स क्लब, रोटरी, संघ संस्था, छुटेका संस्थानका कर्मचारी, इन्टरनेट केवलमा कार्यरत कर्मचारी, सैलुन) लाई लगाउन हुन आग्रह गर्दछु,’ मेयर राईद्वारा जारी अपिलमा भनिएको छ ।
यस्तै, मेयर राईले अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्र गतिमा बढिरहेको र पछिल्लो समयमा विश्वका धेरै मुलुक लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा यसले अकल्पनीय रुपमा मानवीय क्षति भइरहेकोले बेलैमा कोरोनाको संक्रमण विरुद्धमा सचेत र सजग रहन पनि आम नगरबासीलाई आग्रह गरेका छन् ।
पछिल्लो समय धरानमा कोरोना संक्रमणदर उच्च र मृत्युदर पनि दैनिक रुपमा बढिरहेको अवस्था छ । अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटक पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन मेयर राईले अनुरोध गरेका छन् । मेयर राईले सार्वजनिक स्थान र स्थलहरुमा भिडभाड नगर्न पनि अनुरोध गरेको छ । साथै, मेयर राईले नगरबासीहरुमा कुनै कोभिड सम्बन्धी लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति: साउन १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend