Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा आन्दोलन स्थगित

हाम्रो कोशी आवाज
साउन २० २०७८, बुधबार
धरानको बीपी प्रतिष्ठानमा आन्दोलन स्थगित

धानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै, संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।
प्रतिष्ठानमै पुगेर सरकारी वार्ता टोलीले बुधबार बीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो ।
सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ (घ)मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, अबउप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्नेलगायत मागहरुमा सहमति भएको छ ।धरानको बीपी प्रतिष्ठानमा आन्दोलन स्थगित
सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति
धानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै, संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।
प्रतिष्ठानमै पुगेर सरकारी वार्ता टोलीले बुधबार बीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो ।

प्रकाशित मिति: साउन २० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend