Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जोनसन खोप लगाउन शुरु

हाम्रो कोशी आवाज
साउन २० २०७८, बुधबार
धरानमा जोनसन खोप लगाउन शुरु

धरानः धरानमा कोरोना भाइरसविरूद्धको अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको (जोनसन कोभिड–१९ भ्याक्सिन) खोप आजदेखि लगाउन सुरू भएको छ ।
धरानका विभिन्न खोप केन्द्रमा आज (२० गते)देखि यो खोप लगाउन थालिएको हो । ५० देखि ५४ वर्ष उमेर समूहका लागि कोरोना भाइरसविरुद्धको जोनसन खोप लगाउन शुरु गरिएको हो ।
जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरु र अन्य लक्षित समूहलाई लगाउन थालिएको हो । साउन २० देखि २२ गतेसम्म तोकिएको वडाहरुको खोपकेन्द्रमा जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरु र अन्य लक्षित समूह (वैदेशिक रोजगारमा जाने, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू र सरसफाईकर्मीहरु) लाई खोप लगाउन थालिएको हो ।
धरानमा ५ हजार जनालाई यो खोप लगाइने भएको हो । आज बालिका स्कुल सिंहदेवी चोक, भानु स्मृति मावि, आधारभूत स्वास्थ्यकेन्द्र हर्दिया, सरस्वती मावि, पानबारी, सिद्धिनेवा परिषद्, सैनिक भवन, समिट माविमा जोनसन खोप लगाइएको थियो । अधिकांश खोप केन्द्रमा खोप लगाउनेको उत्साहजनक सहभागिता रहेको थियो ।
अमेरिकी खोपले असर गर्ने भन्दै विभिन्न हल्ला चलाइएको भएपनि धरानमा उत्साहजनक उपस्थिति देखिएको पाइएको थियो । ‘अमेरिकी खोप लगाएपछि इफेक्ट देखाउँछ भन्ने पनि देखिए’, खोप लगाउन आएकी डोमा शेर्पाले भनिन्, ‘मान्छेपिच्छे फरक फरक कुरा आएपनि नडराइ खोप लगाइयो ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

धरान-९ को समिट मावि र धरान-१० को सैनिक भवनमा खोप लगाउँदै स्थानीय ।

प्रकाशित मिति: साउन २० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend