धरानः धरान उपमहानगरपालिका नगर कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समिति संयोजक सुवास राईको निधन भएको छ ।
शुक्रबार बिहान उनको निधन भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनी कलेजो र मृगौलासम्बन्धी रोगबाट पीडित थिधरान उपमहानगरका कार्यपालिका सदस्य सुवास राईको निधन
धरानः धरान उपमहानगरपालिका नगर कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समिति संयोजक सुवास राईको निधन भएको छ ।
शुक्रबार बिहान उनको निधन भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनी कलेजो र मृगौलासम्बन्धी रोगबाट पीडित थिए । उपचारको लागि प्रतिष्ठानमा भर्ना भएका उनमा दुईदिनअघि कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमै उपचाररत राईको अक्सिजन लेवल घटेपछि उनलाई प्रतिष्ठान भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नदेखिएपछि उनको शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
खेल क्षेत्रमा रुचि राख्ने मृतक राई धरान फुटबल क्लब, गोधुली क्लबमा उनको उल्लेख्य भूमिका छ । धरान फुटबल क्लबको पूर्व अध्यक्ष, गोधुली क्लबका संस्थापक उनी धरान–१७ मा बसोबास गर्दै आएका थिए ।
धरान–१७ नम्बर वडामा २ पटक वडाध्यक्ष भइसकेका मृतक राईको आजै अन्त्येष्टी गरिने जनाइएको छ ।