Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आज शोकविदा

हाम्रो कोशी आवाज
साउन २२ २०७८, शुक्रबार
धरानमा आज शोकविदा

धरानः धरान उपमहानगरपालिकामा आज (शुक्रबार) एकदिनको लागि शोकविदा दिइएको छ ।
धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा खेलकुद विकास समितिका संयोजक सुवास राई र सफाइ शाखामा कार्यरत सफाइकर्मी दिनेश मरिकको निधनप्रति शोक व्यक्त गर्दै शोकविदा दिने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा जारी सूचनामा जनाइएको छ ।
कार्यपालिका सदस्य राईको शुक्रबार बिहान निधन भएको थियो भने सफाइकर्मी मरिकको बिहीबार निधन भएको थियो । शोकविदा दिने निर्णय भएसँगै नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु साथै शैक्षिक संघसंस्था एकदिन बन्द रहने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति: साउन २२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend