Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोलि ५५ वर्ष माथिकालाई चाइनिज खोप लगाइने

हाम्रो कोशी आवाज
साउन २४ २०७८, आइतबार
धरानमा भोलि ५५ वर्ष माथिकालाई चाइनिज खोप लगाइने

धरानः धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भोलि (सोमबार) धरानका २ स्थानमा खोपकेन्द्र तोकिएको छ ।
धरान वडा नं. ८ स्थित सभागृह र वडा नं. १ छाताचौकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहनेछ । ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोपकेन्द्रहरुमा सञ्चालन गरिएको थियो ।
सो खोप लगाउनबाट बञ्चित भएका ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई तोकिएको खोप केन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।
यस्तै, स्वास्थ्य महाशाखाले गत वर्ष फागुन ४ देखि चैत्र ४ गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाको लागि खोपको दोस्रोे मात्रा अब केहीदिनभित्र नै सञ्चालन गरिने विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति: साउन २४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend