Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुईजना संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
साउन २४ २०७८, आइतबार
धरानमा दुईजना संक्रमितको मृत्यु

धरानः धरानमा दुईजना संक्रमितको मृत्यु भएको छ ।
धरानमा ५४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–१७ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन १५ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत साउन १५ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनमा मृगौलासम्बन्धी समस्या थियो ।
आइतबार १२ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, इटहरी–१ सुनसरीका ७८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
गत साउन २२ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २२ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचापको समस्या रहेको थियो ।
आइतबार १०ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: साउन २४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend