धरानः धरानमा ७० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
बराह-७ सुनसरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन १९गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १९ गते नै अस्पताल भर्ना भएका थिइन् ।
मङ्गलबार ६ः०ण् बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।