धरानः धरानमा ६५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–८ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन २२ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार २२ गते नै अस्पताल भर्ना भएका थिइन् ।
बुधबार ७ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।