Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘भ्वाइस अफ नेपाल’ का बिजेता किरण गजमेरलाई मुख्यमन्त्रीको सम्मान

हाम्रो कोशी आवाज
साउन २९ २०७८, शुक्रबार
‘भ्वाइस अफ नेपाल’ का बिजेता किरण गजमेरलाई मुख्यमन्त्रीको सम्मान

विराटनगरः ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले स्वागत तथा सम्मान गरेका छन् ।
विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरी गजमेरलाई मुख्यमन्त्री राईले स्वागत तथा सम्मान गरेका थिए । उनले प्रदेश १ मा मात्रै पाइने रुद्राक्षको माला लगाइदिँदै स्वागत गरेका थिए । राईले गजमेरलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा एक औपचारिक कार्यक्रम गरी विशेष सम्मान गर्ने प्रतिबद्धता गरेका छन् ।

बिहीबार उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्धवृद्धाहरुलाई जनही ५ हजारका दरले भत्ता समेत दिएका थिए । यो क्रम हरेक महिना रहदै आजीवन भत्ता उपलब्ध गराउने इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाका रुद्र बानियाँले जानकारी गराए । त्यस्तै, बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पनि किरणको लागि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाले वृद्दाश्रम निर्माण गरेको छ ।
रातको समयमा त्यहाँ पुग्दा गजमेरलाई हेर्न भनी सयौं झापालीहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी प्रतीक्षामा देखिन्थे । किरणले सो ठाउँबाट अर्को एउटा एम्बुलेन्स पनि सहयोग गर्ने घोषणा गरेका छन् । अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् ।
कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष अभिनेता दिलिप रायमाझी, अभिनेताहरु रमित ढुंगाना र संजीत भण्डारी, समाजसेवी सुरेन्द्र शेर्मा लगायतको पनि उपस्थिति रहेको थियो । उनी यतिबेला आफ्नो जन्मथलो झापामा छन् ।

प्रकाशित मिति: साउन २९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend