Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने टोलीद्वारा प्रधानमन्त्रीसँग माग

हाम्रो कोशी आवाज
साउन ३० २०७८, शनिबार
धराने टोलीद्वारा प्रधानमन्त्रीसँग माग

धरानः धरानका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेका छन् ।
उनीहरुले धरानको मुख्य समस्याका रुपमा अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकोले यसलाई सुधार्न माग गरेका हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ध्यानाकर्षण गराउँदै सो माग गरेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले छानविन समितिले दिएको प्रतिवेदन अध्ययन भइरहेको बताए । उनले छानविन समितिको प्रतिवेदन अध्ययन गरिसकेपछि प्रक्रिया पूरा गरेर दोषी देखिए कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रतिष्ठानको उद्देश्यअनुसार सबैको हित हुने व्यवस्थापन सुचारु गर्ने कुरामा सरकार गम्भीर रहेको बताए । शनिबार प्रतिनिधि मण्डलका संयोजक मेयर तिलक राई र नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले प्रधानमन्त्रीसँगको भेटमा ‘ब्रिफिङ’ गरेका थिए ।
यस्तै, धरानका प्रतिनिधि मण्डलले शनिबार नै गृहमन्त्री बालकृष्ण खाणलाई भेट गरेका छन् । भेटमा प्रतिनिधि मण्डलले धरानमा भएका अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउनका साथै थप व्यवस्थित बनाउन माग गरिएको छ । गृहमन्त्री खाणले धरानको शान्ति–सुरक्षाका लागि अस्थायी प्रहरी चोैकीहरुलाई क्रमिकरुपमा स्थायी बनाउने धराने प्रतिनिधि मण्डललाई विश्वास दिलाए । त्यसका लागि जनशक्ति बढाउन बजेट जरुरी भएकोले देशैभरको त्यस्तो अवश्यकताका लागि अर्थ मन्त्रलयसँग बजेट माग गरिएको उनको भनाइ छ ।
यस्तै, शनिबार नै उर्जामन्त्री पम्फा भुसाललाई पनि धरानको प्रतिनिधि मण्डलले भेट गरेका छन् । भेटका क्रममा प्रतिनिधि मण्डलले कोशी करिडोर विद्युत प्रशारण लाइनको लागि धरानको पहाडि भूगोलहरुमा स्थापना गरिएका टावर स्थलहरुमा भूक्षयको जोखिम रहेकोले रोकथामको काम गरिनुपर्ने बारेमा उर्जामन्त्री भुसाललाई ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: साउन ३० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend