धरानः धरानमा ८५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान-१३ सुनसरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनमा कोरोना पुष्टि भएको थियो । उनी आइतबार नै अस्पताल भर्ना भएका थिइन् ।
आइतबार ११ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।