Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साउनमात्रै ४० जना संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३२ २०७८, सोमबार
धरानमा साउनमात्रै ४० जना संक्रमितको मृत्यु

धरानः धरानमा साउन महिनामा मात्रै ४० जना संक्रमितको मृत्यु भएको पाइएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले साउन महिनामा मात्रै ४० जना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनका अनुसार साउन महिनामै ५ सय ५९ जना पुरुष र ५ सय ४१ जना महिला संक्रमित भएका थिए ।
यस्तै, दोस्रो भेरियन्ट आएयता वैशाखदेखि हालसम्म ४ हजार २ सय ४४ जना संक्रमित भएको पाइएको उनले जानकारी दिए । उनका अनुसार वैशाखमा ८ सय ६४ संक्रमित थिए भने जेठमा १५ सय ३० जना, असारमा १५९८ र साउनमा १ हजार ९२ जना संक्रमित भएका थिए । यस्तै, वैशाखमा १५ जना, जेठमा ३८ जना र असार ५० जना संक्रमितको मृत्यु भएको उनले जानकारी दिए । धरानमा जम्मा १४३ जना संक्रमितको मृत्यु भइसकेको उनले जानकारी दिए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले अहिले प्रतिष्ठानको क्षमता जति छ त्यति नै संक्रमित भर्ना भएको जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको कोभिड अस्पतालमा ८५ जनाको क्षमता छ ।

प्रकाशित मिति: साउन ३२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend