Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानमा गर्ने भनिएको कडा लकडाउन फिर्ता

हाम्रो कोशी आवाज
भाद्र ३ २०७८, बिहिबार
अन्ततः धरानमा गर्ने भनिएको कडा लकडाउन फिर्ता

धरानः धरान उपमहानगरपालिकामा भदौ ४ देखि १३ गतेसम्म गर्ने भनिएको कडा लकडाउन अन्ततः फिर्ता भएको छ ।
१० दिनसम्म पूर्णरुपमा कडा लकडाउन गर्ने भनिएको थियो । निर्णय फिर्ता लिने सहमति भएको छ । बिहीबार आयोजित सर्वपक्षीय बैठकले लकडाउन फिर्ता लिने निर्णय भएको हो । पूर्णलकडाउनको स्वरुप परिवर्तन गरी नियमित निषेधाज्ञा मात्र जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । धरानमा कडा लकडाउन गर्ने भनेपछि चौतर्फी विरोध भएको थियो भने भानुचोकमा युवाहरु लकडाउनविरुद्ध उत्रिएका थिए । उनीहरुले यो लकडाउन कथित र अव्यवस्थित भएकोले नगर्न आग्रह गरेका थिए । उता व्यवसायीहरुले पनि लकडाउन नगर्न आग्रह गर्दै मानिरहेका थिएनन् ।
बिहीवार साँझ साढे ६ बजेसम्म उपमहानगरपालिका कार्यालयमा बसेको राजनीतिक दलहरु, सरोकारवालाहरु र स्थानीय प्रशासन, प्रहरी समेतको समीक्षा बैठकले सो निर्णय गरेको हो ।
झन्डै तीनघण्टा छलफलपछि मेयर तिलक राईले लकडाउनका लागि घोषित अवधिमा धरानमा एमबिविएस प्रवेश परीक्षा, धरानमा टियुका परीक्षासमेत सञ्चालन हुने भएकाले पूर्व निर्णयअनुसार कडा लकडाउन गर्न अनुकुल नहुने देखिएकाले जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञालाई कडाईका साथ पालना गराउने गरी पूर्ण लकडाउन भने फिर्ता लिने निर्णय गर्न उचित हुने बताए ।
उनले उद्योग वाणिज्य संघका साथै यातायात व्यवसायीहरुले पूर्ण लकडाउनको निर्णयमा पुनर्विचार गर्न पटक–पटकको छलफलमा आग्रह गरेका थिए । ‘जनता बचाउन गरिएको लकडाउन अहिलेलाई स्थगित भएको जानकारी गराउँदछु’, उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कोरोना भगाऔं ।’

प्रकाशित मिति: भाद्र ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend