धरानः धरानमा भदौ ४ गतेदेखि धरानमा १० दिनसम्म कडा लकडाउन गर्ने भनिएको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले पनि खारेज गरिदिएको छ ।
धरान उपमहानगरपालिकासहित सर्वदलीय बैठकले लकडाउनबारे पुर्नविचार गर्न आग्रह गरेपछि डिसिसिएमसी बैठकले अर्को निर्णय नभएसम्मको लागि पूर्ण लकडाउनको निर्णय खारेज भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘कडा लकडाउन गर्ने भनिएपनि त्रिभवुन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा विभिन्न तहको परीक्षा सञ्चालन हुने भएकोले धरानबाट पूर्ण लकडाउनमा पुर्नविचार गरिदिन आग्रह गरेपछि यो निर्णय खारेज गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा जारी सूचनामा भनिएको छ ।

