धरानः बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि तथा बराह ग्रुप २७ औं वर्षमा प्रवेश गरेको छ ।
कोराना महामारीका कारण औपचारिक कार्यक्रम गरेर नमनाएको मिडिया संयोजक प्रमोद पोर्तेलले जानकारी दिए । ‘खासमा रक्तदान कार्यक्रमचाहिँ गर्ने प्लान थियो’, उनले भने, ‘तर त्यो पनि लकडाउनको निर्णयले तयारी गर्न पाएनौं ।’
प्रत्येक वार्षिक उत्सवहरुमा रक्तदानलगायतका सामाजिक काम गर्दै आएको बराहले गत वर्षपनि वार्षिक उत्सव मनाउन पाएको थिएन । बराह बचत तथा ऋण सहकारी र बराह सपिङ कम्प्लेक्स धरानको भानुचोकबाट धरान–८ स्थित भोटेपुलबाट सेवा प्रदान गर्न थालिएको उनले जानकारी दिए । ‘बराह बचतको सेवा अब धरान–८ भोटेपुलमा रहेको भवनबाट हुनेछ’, उनले भने ।
गोर्खा डिपार्टमेन्टबाट ६ महिनाअघि व्यापारिक भवन खरिद गरेपछि केही सेवा त्यहाँको नयाँ भवनमा विस्तार गरेको जनाइएको छ । उनले बराहका अन्य सेवा भानुचोकस्थित सपिङ कम्प्लेक्सबाटै हुने उनले जानकारी दिए ।
