विराटनगरः विराटनगरमा तेस्रो लिङ्गी साथै समलिङ्गीहरूले पनि गाईजात्रा निकालेका छन् ।
मृत्यु भइसकेका समलिङ्गी तथा तेस्रो लिङ्गीहरूको स्मरणमा गाईजात्रा रयाली निकालेका हुन् । ब्लु डाइमण्ड सोसाइटी विराटनगरको आयोजनामा उनीहरूले सोमबार गाईजात्रा निकालेका हुन् ।
समलिङ्गीहरूको हक अधिकारबारे विभिन्न नाराहरू उल्लेख गरिएका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले विराटनगरको संसारी माइस्थान चोकमा पुगेर कोण सभा गरे । ब्लु डाइमण्ड सोसाइटी विराटनगरकी अध्यक्ष मुस्कान श्रेष्ठले समलिङ्गी तथा तेस्रोलिङ्गीहरू अझैपनि घर परिवार र समाजबाट अपहेलित हुनुपरेको भन्दै अधिकारका लागि लड्दै आएको बताइन् ।

