Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साढे ८२ लाख खर्चेर आयुर्वेद शाखाको भवन निर्माण

हाम्रो कोशी आवाज
भाद्र १० २०७८, बिहिबार
साढे ८२ लाख खर्चेर आयुर्वेद शाखाको भवन निर्माण

खोटाङ: खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आयुर्वेद शाखाको भवन निर्माण गरिएको छ ।
८२ लाख ५० हजारमा निर्माण गरिएको दुई तले भवनको गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरे । यो भवन सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत निर्माण भएको हो । २० असार २०७२ मा स्थापना भएको आयुर्वेद शाखा यसअघि भवन अभावमा भाडाको घरमा सञ्चालित थियो ।
आयुर्वेद शाखाबाट खोटेहाङ गाउँपालिका सहित, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सर्वसाधारण लाभान्वित भइरहेका छन् । आयुर्वेद औषधिले ‘साइड इफेक्ट’ नगर्ने भएकाले पछिल्लो समय स्वास्थ्य सेवाका लागि आयुर्वेद शाखामा चेकजाँज गर्न आउने स्थानीय बढेको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रकाशित मिति: भाद्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend