धरानः धरानमा ३४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-१२ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत भदौ ५ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत भदौ १० गते नै अस्पताल भर्ना भएका थिए । उनमा कुनै दीर्घरोग नरहेको चिकित्सकले जनाएका छन् ।
मङ्गलबार २ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।