Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा चार महिनापछि हट्यो निषेधाज्ञा

हाम्रो कोशी आवाज
भाद्र १६ २०७८, बुधबार
ताप्लेजुङमा चार महिनापछि हट्यो निषेधाज्ञा

ताप्लेजुङः  चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो ।
जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाए । जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रजिअ पाण्डेले बुधबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने बताए ।
उनले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नुपर्ने बताए । उनका अनुसार मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइएमा प्रारम्भिक रुपमा प्रतिव्यक्ति रु एक सय जरिवाना हुने जानकारी दिए । बाँकी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गरेमा सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।

प्रकाशित मिति: भाद्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend