Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा वडा तहको अधिवेशन भदौ २१ मा

हाम्रो कोशी आवाज
भाद्र १७ २०७८, बिहिबार
सुनसरीमा वडा तहको अधिवेशन भदौ २१ मा

सुनसरीः नेपाली कांग्रेसले सुनसरीमा वडा तहको अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन १८ भदौमा गर्न निर्देशन दिए पनि सुनसरीमा भने २१ भदौमा गरिने सुनसरी सभापति राजिव कोइरालाले जानकारी दिए ।
‘जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेकोले अधिवेशन २१ भदौमा गर्ने निर्णय गरेका हौं,’ कोइरालाले भने । जिल्लाका १२४ वडाको अधिवेशन भदौ २१ गते सम्पन्न गर्नेगरी तयारी थालिएको कांग्रेसले जनाएको छ ।
सबै वडामा सहमतिकै आधारमा अधिवेशन गर्ने तयारी भएको उनले बताए । ‘सहमति नभए मात्रै निर्वाचन गरिने छ । सकभर सबै वडामा सहमतिकै प्रयास गर्नेछौं’, कोइरालाले भने ।
वडा अधिवेशनको मिति फरक परे पनि गाउँपालिका, नगर, उपमहानगरमा भने केन्द्रले तोकेबमोजिम नै अधिवेशन हुने कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend