Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न निर्देशन

हाम्रो कोशी आवाज
भाद्र १८ २०७८, शुक्रबार
धरानको बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न निर्देशन

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ ।
प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितिताका घटनामा संलग्न भएको पाइएपछि १७ भदौमा मन्त्रालयले पत्राचार गरेर अनिवार्य बाहेकका आर्थिक कारोबार बन्द गर्न प्रतिष्ठानलाई लिखित निर्देशन दिएको छ ।
प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितिा गरेको छानविन समितिले जनाएपछि स्वास्थ्य मन्त्रालयले पत्र काटेर प्रतिष्ठानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका उपसचिव प्रकास अधिकारीले बीपी प्रतिष्ठानलाई प्रतिष्ठानमा भएको आर्थिक अनियमितिाको विषयमा छानविन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेकाले दैनिक प्रशासनिक काम र अनिवार्य आर्थिक कारोबारबाहेकका काम तत्काल नगर्न लिखित निर्देशन दिएका छन् ।

प्रकाशित मिति: भाद्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend