Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले सुनसरीमा तीब्र विवाद

हाम्रो कोशी आवाज
भाद्र १८ २०७८, शुक्रबार
एमाले सुनसरीमा तीब्र विवाद

सुनसरीM नेकपा एमाले केन्द्रीय कमिटीले गरेको को १० बुँदे सहमतिलाई लिएर सुनसरीमा विवाद देखिएको छ । कमिटीको १० बुँदे सहमती कार्याव्यन गर्न बनेको कार्यदलले सुनसरी अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापना गर्ने निर्णय गरेसँगै विवाद सिर्जना भएको हो ।
रेवती भण्डारीको अध्यक्षतामा २०७७ फागुन १ गते सुनसरीमा एमालेको जिल्ला कमिटी गठन भएको थियो । तर, केन्द्रको १० बुँदे सहमति कार्यान्वयन भएसँगै भण्डारी नेतृत्वको कमिटी खारेज भयो । यसप्रति भण्डारी नेतृत्वको जिल्ला कमिटीले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।
भण्डारी नेतृत्वको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै पुरानो कमिटीलाई अवैध ठहर गरेको छ । ‘केन्द्रीय कमिटी २०७५ जेष्ठ २ मा फर्किए पनि सुनसरीमा अझै पदाधिकारी एमालेमा स्पष्ट खुलेका छैनन् । २०७५ जेष्ठ २ अगाडीदेखि नै जिल्ला कमिटीको विधान बमोजिम अधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा त्यसो हुन सकेको थिएन’, विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन अध्यक्ष बस्नेतले समानान्तर कमिटी विस्तार गरी विपी प्रतिष्ठानमा भइरहेको आन्दोलनमा विपक्षीसगँ मिलेको भण्डारी पक्षको आरोप छ । २०७५ जेष्ठ २ गते यता नेकपा एमाले जोगाउन बस्नेत पक्षले कुनै काम नगरेको भण्डारी नेतृत्वको कमिटीले गुनासो गरेको छ ।
भण्डारीले कार्यदलको निर्णय आफूहरूले अस्वीकार गर्ने र कार्यदलले पुर्नस्थापना गरेको नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण नगर्ने अडान लिएका छन् । उनले पार्टीको अस्तित्व संकटमा हुँदा आफूहरूले जिम्मेवारी सम्हाल्दै सुनसरीमा एमालेको साख जोगाएको दाबी गरेका छन् ।
बिहीबार नेकपा एमालेका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यसहितको कार्यदलले भण्डारी नेतृत्वको कमिटीलाई विदाई गर्दै २०७५ जेठ २ गते पूर्वका अध्यक्ष रमेश बस्नेतलाई पुर्नस्थापना गर्ने निर्णय गरेको थियो । कार्यदलको बैठकमा सचिव आचार्य, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, देवराज घिमिरे, शेरधन राई, लालबाबु पण्डीत, भानुभक्त ढकाल, विनोद ढकाल, टंक आङवोलगायत सहभागी थिए ।

प्रकाशित मिति: भाद्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend