Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा १०१ फोटो प्रतियोगीलाई पुरस्कृत

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
ताप्लेजुङमा १०१ फोटो प्रतियोगीलाई पुरस्कृत

ताप्लेजुङः जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले १ सय १ फोटो प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ ।
ताप्लेजुङको पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि खिचिएको फोटो मध्ये सर्वोत्कृष्ट भएका सीताराम गुरागाई नगद २५ हजारसहित पुरस्कृत भएका हनु ।
पर्यटन बोर्डसँगको सहकार्यमा ताप्लेजुङ पत्रकार विकास मञ्चद्वारा आयोजित फोटो प्रतियोगिताका बिजेतालाई प्रतिनिधिसभा सदस्य तथा पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सम्मान गरेका हुन् ।
प्रतियोगिताका उत्कृष्ट ग्याजो लामाले ११ हजार १ सय ११ नगद प्राप्त गरे । त्यस्तै, प्रथम राजेन्द्र श्रेष्ठ बनेका छन् । उनले नगद पाँचहजार पाच सय पच्चपन्न दोश्रो आनन्द गौतम तीन हजार तीन सय ३३ र तेश्रो गिरिराज बाँस्कोटा पाँचथर नगद २ हजार २ सय २२ रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सान्त्वना १५ बटा फोटो तथा एक सय एक फोटोलाई नै नगद तथा प्रमाण पत्र वितरण गरेका मञ्चका सह सचिव सुवास आर्चायले बताए । एक हजार ३ सय ५ वटा फोटोबाट छानिएका सबैलाई एउटा फोटोको एक हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, पुरस्कार ग्रहणका लागि फोटो खिच्ने र उनीहरु जिल्लामा नभएकाका हकमा परिवारका आफन्त भेला भएका थिए ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend