Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानबाहिरै ओपिडी सेवा

हाम्रो कोशी आवाज
भाद्र २२ २०७८, मंगलबार
धरानको बीपी प्रतिष्ठानबाहिरै ओपिडी सेवा

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरुले प्रतिष्ठान बाहिरै बसेर बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् ।
उनीहरुले प्रतिष्ठान बाहिरै बसेर बिरामीको परीक्षण गरेका हुन् । आन्दोलनरत सङ्घर्ष समितिले ओपीडी सेवा शुरु गरेका छन् । संघर्ष समितिले आइतबारदेखि ओपिडी सेवा बन्द गरेको थियो ।
सेवा बन्द गर्दा बिरामीले दुःख पाएकोले बिरामीको दुःख देख्न नसकेपछि परीक्षण थालिएको संघर्ष समितिको संयोजक डा. एसपी रिमालले जानकारी दिए । ‘खासमा बिरामीले दुःख पाइरहेकै हुन्’, उनले भने, ‘बाहिर बसेर पनि छाला, हाडजोर्नी, बाललगायत अधिकांश सेवा दिएका छौं ।’
संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठान बन्द छ भनेर थाहा नहुनेहरुको उपचार गरिएको जानकारी दिए । ‘हामीले देखाउनका लागि स्वास्थ्य परीक्षण गरेका होइन, कामै गरेका हौं’, उनले भने, ‘प्रतिष्ठान बन्द छ भनेर थाहा नहुनेहरु र झुक्किएर प्रतिष्ठान आइपुगेकालाई सेवा दिएका हौं ।’ उनले सित्तैमा गरिएको उपचार पूर्ण नभएको बताए । ‘यो नै उपचार पूर्ण होइन’, उनले भने, ‘बिरामीले दुःख नपाउन् भनेरै यसो मात्रै गरिएको हो ।
उनीहरु विगत ८५ दिन देखि आन्दोलन गर्दै आएका छन् भने प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन अनुसार काम नगरेको उनीहरुको गुनासो छ । यही कारण ओपिडीलगायतको सेवा बन्द गरिएको थियो ।

 

प्रकाशित मिति: भाद्र २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend