Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठान तोडफोड हुनु निन्दनीयः धरान उपमहानगरपालिका

हाम्रो कोशी आवाज
भाद्र २२ २०७८, मंगलबार
धरानको बीपी प्रतिष्ठान तोडफोड हुनु निन्दनीयः धरान उपमहानगरपालिका

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार भएको तोडफोडप्रति धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
मेयर तिलक राईले एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षति हुने गरी भएको घटनाप्रति धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको र निन्दनीय कार्य हो भनिएको छ ।
मेयर राईले ‘संवादबाट मात्रै समाधान सम्भव छ’ भन्ने अभिप्राय आफूको रहेको जनाइएको छ । प्रतिष्ठानमा भइरहेको बेथिति विसंगतिको विषयलाई लिएर केही समयअघि उपमहानगरपालिकाको नेतृत्वमा धरानका राजनीतिक दल, नागरिक दबाब समूहसहितको प्रतिनिधिमण्डल काठमाण्डौं गई सम्बन्धित मन्त्रालयमा दबाब समेत दिइएको मेयर राईले प्रेस विज्ञप्तिमामार्फत उल्लेख गरेका छन् ।
मेयर राईले सबै सेवाहरु सुचारु गर्न पनि आन्दोलनरतपक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: भाद्र २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend