Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी गाउँपालिकामा कांग्रेस र समाजवादी छाडेर एमालेतिर

हाम्रो कोशी आवाज
भाद्र ३१ २०७८, बिहिबार
कोशी गाउँपालिकामा कांग्रेस र समाजवादी छाडेर एमालेतिर

इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित विभिन्न पार्टी त्यागेर पाँच सय बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश परेका छन् ।
विगत लामो समयदेखि राजनीतिकमा रहेका हाल नेपाली काग्रेंसका स्थानीय नेता जीतेन्द्र (जितु) खेरवारसहित आफ्नो माउँ पार्टी नेकपा एमालेमा प्रवेश गरेका हुन् । कोशीमा ८ वटै वडाका विभिन्न तहका विभिन्न पार्टी परित्याग गरी एकसाथ ५५१ जना नेता, कार्यकर्ता, युवा र महिलाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका केन्द्रीय सदस्य र सुनसरी जिल्ला सहइन्चार्ज प्रदेश १ पूर्व प्रदेशमन्त्री जगदीशप्रसाद कुसियैत र युवा नेता अजय कुसियैतको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई सुनसरीका नेकपा एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी एवं पूर्वमन्त्री कुसियैतले टिका, माला तथा खदा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा एमाले सुनसरीका सचिव पर्शुराम यादव, एमालेका नेताहरू रमेश श्रेष्ठ, तैयव हुसेन, निलम खनाल, कोशी युवा संघका संयोजक धिरेन्द्र पाठक, इन्चार्ज चन्दन यादव, अर्जुन कुसियैत, दुली सदा , अशोक मण्डल, कोशीका कार्यपालिका सदस्य, राष्ट्रिय युवा संघ नेपालका पुकार पोखरेल, अनिता उराँव, युवा नेताहरु सरिता कार्की घिमिरे, पुनम साह, नेता जफर जमाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पूर्व प्रदेशमन्त्री कुसियैतले नवप्रवेशीहरूलाई एमालेले उचित स्थान दिने बताएका थिए । त्यसैगरी कुसियैतले आफू मन्त्री भएपछि कोशीको मूल्य राजमार्गदेखि सीमासम्मको बाटोमा कालोपत्रे योजना, हरिपुरमा कालोपत्रे, चिल्ड्रेन पार्क, दजनौं मन्दिर निर्माण, पर्यटकीय क्षेत्र विस्तार लगायतको काम गरेकाले नागरिकको एमालेप्रतिको क्रेज बढेको बताए ।

प्रकाशित मिति: भाद्र ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend